बझाङ, साउन १४ – जिल्लामै सबैभन्दा धेरै गाडी चल्ने जयपृथ्वी राजमार्गका ठाउँठाउँमा सडक हिलाम्मे छ । यसले दुर्घटनाको जोखिम बढाएको छ । वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा र केही शाखा सडकहरु निर्माण गर्ने क्रममा पक्की सडकमा माटो खस्दा सडक हिलाम्मे भएको हो । सडकमा जताततै खाल्डाखुल्डी र
पानी जम्ने भएका कारणले यात्रु र गाडी चालकलाई निकै समस्या हुने गरेको छ ।हिलाम्मे सडकमा गाडी चलाउन निकै सकस भएको चालकले बताएका छन् । चालक नरेन्द्र खड्काले भन्नुभयो, ‘सडकमा दुर्घटना हुने जोखिम त छ, तर चलाउनै पर्ने बाध्यता छ ।’राजमार्गका दुईसय भन्दा धेरै ठाउँमापहिरो खसेको छ । ‘कतिबेला गाडी चिप्लिएर दुर्घटना हुने हो भन्ने मुटु ढुकढुक भैरहन्छ’ गाडी चालक शंकर धामीले बताउनुभयो । ‘बसपार्कबाट निस्केपछि जिन्दगी र गाडी केहीको ठेगान हुँदैन । कहिलेकाहीँ गन्तब्यसम्म पुग्छौं, धेरैपटक त बीचबाटै फर्कनुपर्छ’ उहाँले भन्नुभयो ।पहिले धनगढीबाट बझाङ पुग्न १२ घण्टा लाग्थ्यो । अहिले दुई तीन दिनसम्म लाग्न सक्छ ।  नारु गौडाको खोलामा पुल नहुँदा सबैभन्दा सास्ती हुने गरेको गाडी चालक बताउँछन् । त्यस्तै लगातार बर्षाका कारण ग्रामीण सडकहरुमा पहिरो जाँदा धेरै शाखा सडकहरु बन्द भएका छन् । मयाना शाखा सडक, रुपातोला शाखा सडक, बागथला बिजगडा शाखा सडक लगायत जिल्लामा रहेका सबै शाखा सडक अबरुद्ध छन् ।गाडी नचल्दा यात्रु पैदल हिँड्न बाध्य छन् । सामान पनि बोकाएर लैजानुपर्दा गाउँमा महंगी बढेको छ ।

Share To:

तपाईको प्रतिक्रिया :