मानिसहरुलाई चोरी गर्न थुप्रै कुराले प्रेरित गरेको हुन्छ । यसमा सबैभन्दा ठूलो कारण गरिबी नै हुन्छ तर के तपाईंलाई थाहा छ, धनीमानीमा गनिएका मानिसहरुले पसलबाट विभिन्न सामानहरु चोर्ने गर्दछन् । अझ चोर्ने काममा सेलिब्रिटी पर्छन् भन्ने कुरा सुन्दा तपाईंलाई अचम्म लाग्यो होला । हो, आज हामी तपाईंलाई यस्तै विषयमा जानकारी दिँदैछौं जहाँ सेलिब्रिटीहरुलाई चोर्दा चोर्दै समातिएको छ ।

अमान्दा बाइन्सः
न्यूयोर्कमा अमान्दालाई पसलबाट सामान चोरिरहेको अवस्थामा समातिएको थियो । उनलाई २ सय डलर पर्ने टोपी चोरेको आरोप लागेको छ । यसका लागि उनलाई पक्राउ गरिएको थियो भने पसलमा फर्केर जान रोक लगाएको थियो ।
2केसाः
केसाले आफू चर्चित हुनुपूर्व गरिब भएको र उनले भोक लागेको बेला खानेकुुरा चोरेर खाने गरेको स्विकार गरेकी छिन् । उनी खाना चोरिरहेको बेला धेरै पटक समातिएको पनि उनले बताएकी छिन् ।
3 -मेगन फक्सः
मेगनले एकपटक वालमार्टबाट ७ डलर पर्ने लिपग्लस चोरेकी थिइन् । उनलाई चोरी गर्दा गर्दै पक्राउ गरिएको थियो ।
बिग सिनः
नाया रिभेरासँगको ब्रेकअप र अरियाना ग्रान्डसँगको प्रेमसम्बन्धका कारण चर्चामा रहेका बिग सिनले हज्जारौं डल पर्ने रोलेक्स चोरेको आरोप लागेको छ । उनले यो आरोपलाई अस्विकार गरेका छन् ।
4मोर्गट रोबीः
मोर्गट आफ्नो होटलको रुमबाट टोइलेट पेपर चोरिरहेको बेला समातिएकी थिइन् ।
5लिन्डसे लोहानः
लिन्डसे लोहानमाथि गहना पसलबाट २ हजार ५ सय डलर पर्ने नेकलेस चोरेको आरोप लागेको छ । उनीमाथि लागेको आरोप उनले खण्डन गरेकी थिइन् तर उनलाई दोषी ठहर गर्दै ४ महिनाको जेल सजायँ सुनाइएको थियो ।
6 क्रिष्टिन क्याभालरीः
आफू चर्चित हुनुपूर्व एउटा पसलबाट सामान चोरेको बेला पसलेले समातेको स्विकार गर्ने क्रिष्टिनलाई पसलेले कुनै एक्सन नलिने भनेपछि सजिलो भएको थियो ।
7 मिला क्युनिसः
मिलामाथि छिमेकीले पालेको कुखुरा चोरेको आरोप लागेको थियो ।
ब्रिटनी स्पेयर्सः
ब्रिटनीमाथि एक ग्याँस स्टेसनका साहुले उनको पसलबाट लाइटर चोरेको आरोप लगाएका थिए ..
source:onlinekhabar
Share To:

तपाईको प्रतिक्रिया :