साउन १५ – ब्राजिलका फुटबलर नेइमारलाईै भेट्न भन्दै लुगा धुने कोठामा लुकेका एक युवा पक्राउ गरेका छन् । रियो ओलम्पिकका लागि ब्राजिलको टिम बसेको होटलको लुगा धुने कोठामा लुकेका नेइमारका फ्यान बिहीबार पक्राउ परेका हुन् ।२१ वर्षका ती युवा नेइमारलाई भेट्ने उद्देश्यका साथ होटलको लुगा धुने कोठामा लुगेका थिए । प्रहरीले उनलाई त्यहीँबाट पक्राउ गरेको हो । प्रहरीले भन्यो ‘होटलका कर्मचारीले लुगा धुने कोठामा केही रहेको खबर गरेपछि हामी गयौं, त्यहाँ एक युवा भेटिए । उनले आफू नेइमारलाई भेट्न लुकेर बसेको बताए ।’
ती युवाले बार्सिलोनाका स्ट्राइकर नेइमारसँग सेल्फी खिच्न चाहेका थिए । विश्वविद्यालयमा अध्ययनरत ती युवालाई प्रहरीले चेतावनी दिएर छोडेको छ ।
उनी होटलको लुगा धुने कोठामा रहेको सानो प्वालबाट भित्र छिरेका थिए । यसअघि एक जना मेस्सीका समर्थकले उनलाई भेट्ने उद्देश्यका साथ भूमध्य सागरमा पौडिएका थिए ।
Share To:

तपाईको प्रतिक्रिया :