असार  । बेलायत भ्रमणका लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले टिम हेरिरहेको छ । टोलीमा सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् भने नयाँ अनुहारका रुपमा विक्रम शोव आएका छन् ।

टोलीका अन्य सदस्यमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी छन् । यस्तै करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर पनि टोलीमा परेका छन् । नेपाली टोली अर्को साता बेलायत जानेछ र, १९ तारिखमा मेरिलोबोन क्रिकेट क्लब एमसीसीसँग लर्डस्मा खेल्नेछ । अन्य स्थानीय टोलीसँग खेल्ने तय भएको छ । बेलायत भ्रमणलाई विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा समेत हेरिएको छ

Share To:

तपाईको प्रतिक्रिया :