समान्यतया ढाड दुख्ने समस्या हामीले लगाउने जुत्ता-चप्पलसँग पनि सम्बन्धीत हुन्छ। असहज, कसिला, अग्लो हिल, आफ्नो खुट्टामा नमिल्ने जुत्ता-चप्पल लगाउनाले ढाडको समस्या आउँछ।
त्यसैले जुत्ता-चप्पल किन्दा निम्न कुरामा ध्यान दिए जुत्ताका कारण ढाड दुख्ने समस्याबाट बच्न सकिन्छ।
१.आफ्नो उमेरसँगै आफ्नो जुत्ता-चप्पलको साइज फरक पर्ने हुनाले आफूलाई फिट हुने मात्र छानेर किन्ने।
२. जुत्ता-चप्पलको साइज यसको प्रायोजन अनुसार पनि फरक पर्छ। दर्गुन र अफिसका लागि बनाइएको जुत्ता एकै साइज भएपनि आफूलाई नमिल्न सक्छ। त्यसैले किन्नुअघि ट्राइ गर्ने।
३. प्रायः मानिसको एक खुट्टा अर्कोभन्दा ठूलो हुन्छ। त्यसैले दुवै जुत्ता दुवै खुट्टामा मिल्छ भन्ने निश्चित गर्ने।
४.जुत्ता-चप्पल किन्नुअघि त्यसलाई लगाएर यताउता हिँड्ने। लगाउँदा चिप्लिए जस्तो, हल्लिए जस्तो हुन हुँदैन।
५. आफ्नो खुट्टाको आकारजस्तो जुत्ता-चप्पल किन्ने। खुट्टा मोटो भए पातलो खालको नकिन्ने।
६.तन्किन्छ वा खुल्छ भनेर आफ्नो साइजभन्दा सानो जुत्ता-चप्पल नकिन्ने।



तपाईको प्रतिक्रिया :