सोमबार बेलुकी एक कार्यक्रममा देखिएकी नायिका वेनिशा हमालको निलो वन पिसले धेरैको ध्यान खिच्यो । कार्यक्रममा उपस्थित केही पत्रकार र चलचित्रकर्मीले त वेनिशालाई सुरुमा ठम्याउन सकेनन् ।
पहिरनमा सजग नै देखिएपनि वेनिशाको चर्चा कपडाकै कारणले कम हुने गर्दछ । व्यवसायिक धारका चलचित्र कम खेलेकाले पनि वेनिशा नेपाली चलचित्र क्षेत्रमा अपेक्षित रुपमा नोटिस भैसकेकी छैनन् ।
तर, नायक निखिल उप्रेतीसँग उनले अभिनय गरेको चलचित्र ‘किङ’ले उनको चर्चा बढाएको छ । यसमाथि १६ बर्षकै उमेरमा दुबै आँखा गुमाएकी श्रृष्टी केसीको जीवनीमा बन्न लागेको चलचित्र ‘ब्लाइन्ड रक्स’मा काम गर्न लागेपछि वेनिशा मिडिया र दर्शकको नजरमा छिन् ।


तपाईको प्रतिक्रिया :