साउन १४ – इन्डोनेशियामा लागु औषधको तस्कर गरेको आरोपमा सजाय भोगिरहेका चार जनालाई मृत्युदण्ड दिइएको छ ।  इन्डोनेशियामा लागु औषधको तस्कारमा संलग्न भएको आरोपमा अरु १० जनाले पनि सजाय भोगिरहेका छन् । उनीहरुलाई पनि मृत्युदण्डको सजाय दिने वा नहुने भन्ने बारे खुलाइएको छैन ।
मृत्युदण्डको सजाय पाउनेमा एक इन्डोनेशियाका र तीन जना नाइजेरियाका नागरिक भएका अन्तर्राष्ट्रिय सञ्चारर माध्यमले जनाएका छन् । मानवअधिकारवादी संगठन एम्नेस्टी इन्टरनेशनलले मृत्युदण्ड दिएको भन्दै विरोध गरेको छ ।
इन्डोेनेशियाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको एम्नेस्टीकोे ठहर छ । इन्डोनेशियामा लागु औषध विरुद्ध कडा कानुन बनाईएको छ ।
Share To:

तपाईको प्रतिक्रिया :