आज मंगलबार सुनचाँदीको भाउ स्थिर छ।

सोमबार ५८ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज पनि सोही भाउमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै सोमबार ९ सय रुपैयाँ प्रतितोला पुगेर दुई वर्ष यताकै महँगो मूल्य भएको चाँदीको भाउ पनि आज स्थिर नै छ। अन्तर्राष्ट्रिय बजारमा चाँदीको भाउ बढेका कारण नेपाली बजारमा पनि बढेको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ।
source:setopati.com
Share To:

तपाईको प्रतिक्रिया :