साउनको सौन्दर्य सूचक हो मेहन्दी । प्रकृति मात्र नभई साउनसंग हरियालीको विशेष सम्बन्ध र सामिप्यता रहन्छ । यही रंग भित्र उपिस्थति जनाउने एउटा महत्वपूर्ण पक्ष मेहन्दी पनि हो । विशेष हिन्दू नारीहरुले सुन्दरता र सौभाग्यका लागि साउन महिनाभर प्रयोग गर्ने मेहन्दीको गुनिलो पक्ष बढी भएपनि बजारमा जथाभावी पाइने मेहन्दीले स्वास्थ्यमा पनि उत्तिकै हानी पु¥याउने गरेको छ ।


कतिपय ठाउँमा मेहेन्दीलाई डार्क बनाउनका लागि विभिन्न केमिकल, पेट्रोल, एसीड लगायतका वस्तु राखिन्छ जुन मानिसको स्वास्थ्यको लागि घातक हो । यस्ता मेहेन्दीको प्रयोगले छाला पोल्ने छालाको एलर्जी देखि क्यान्सरसम्मको रोग लाग्ने खतरा बढी हुन्छ । सस्तो मूल्यमा पाइयो भन्दैमा जस्तोसुकै मेहेन्दी लगाउँदा मानिसको स्वास्थ्यमा गम्भीर असर परिररहेको छ । त्यसैले मेहेन्दी लगाउदा प्राकृतिक मेहेन्दी प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ ।

नेपालमा मेहेन्दी व्यापारका लागि न कुनै मापदण्ड छ, न कुनै अनुगमन नै। जसले, जहाँबाट जस्तोसुकै मेहेन्दी ल्याएर बेचे पनि कसैले केही गर्दैन। त्यसो त् नेपालमा कस्मेटिक्सको मापदण्ड र नियमन गर्ने कुनै निकाय सम्म छैन। यस्तो विधिहिनताको पीडामा नेपाली नारीहरू हरेक साउनसगै शरीरमा घातक रोग सङ्क्रमणको पीडित भइरहेका छन् । हुनत प्राकृतिक रुपमा प्रयोग गरिने र पाइने मेहन्दीको प्रयोग र यस्को पातको सेवनले माइग्रेन जस्तो टाउको दुख्ने घातक रोग मात्र निको पार्दैन , छालामा रोग प्रतिरोधी क्षमता बढाउन पनि उत्तिकै मद्दत गर्छ । त्यस्तै मेहन्दीको पातको सेवन उच्च रक्तचापका विरामीहरुको लागि वरदान मानिन्छ भने कपालको रक्षाका लागि मेहन्दीलाई रक्षाकवच नै ठानिन्छ । तर अब स्वास्थ्य प्रयोगकर्तामा नै निर्भर छ । मेहन्दीका प्रयोगकर्ताहरुले सतर्कता अपनाए मेहन्दी स्वास्थ्यका खानी हो भने जथाभावीको प्रयोग स्वास्थ्यका लागि खतराको खानी । राम्रो र राम्री देखिन चाहनेले प्रयोग गर्न जाने औषधि भण्डार नै हो मेहन्दी ।
Share To:

तपाईको प्रतिक्रिया :