झापाको बुधबारेमा एक बालिकाको घाँटी रेटेर विभत्स हत्या गरिएको छ ।

झापाको शान्तिनगर–१ घरभएकी ११बर्षीया तनुजा कोइरालाको आफै मावली घरमा विभत्स हत्या भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

५ दिन अघि बुधबारे–५ इन्द्र चोकका डिल्लीराम प्रसाईको घरमा मावल आएकी बालिकाको ठोकामै हत्या गरिएको अवस्थामा बुधबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

बालिकाको बलात्कारपछि हत्या भएको अनुमान प्रहरीले गरेपनि उक्त कुरा कुराको पुष्टि भने गरेको छैन् ।

घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

घटनामा संलग्नको खोजी भइरकेको र हाल सम्म कसैलाई पक्राउ नगरिएको बुधबारे प्रहरीले जनाएको छ ।
Share To:

तपाईको प्रतिक्रिया :