नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको ओम अस्पतालले जनाएको छ । चिकित्सकहरुले कोइरालाको स्वास्थ्य सुधारउन्मुख भनेको छ । तरm अझै खतरामुक्त चाहिँ भनिहाल्ने नसकिने डाक्टरहरुको निश्कर्ष छ । मंगलबार रातिदेखि ओम अस्पतालमा भर्ना भई भेन्टिलेटरमा राखिएका कोइरालाको स्वास्थ्यस्थितिबारे जानकारी दिन बिहीबार विहान पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा डा. लव जोशीले कोइरालाको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको बताए । डाक्टरहरुले बोलाउँदा थाहा पाउने र बुझ्नुभयो भन्दा टाउको हल्लाउने गरेको भन्दै डा. जोशीले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । सुधारका संकेतहरु देखिएका छन् ।’

सुधारका संकेतहरु के के हुन् भन्ने प्रश्नमा डा. जोशीले भने, भेन्टिलेटरको सर्पोट मिनिमन बनाइएको छ । अक्सिजन पनि ४० प्रतिशत मात्र दिइएको छ भने औषधि पनि कम गरिएको छ ।’ हिजोसम्म हाइ डोजका ४ वटा औषधि चलाइएकोमा अहिले १र२ वटामात्रै दिइएको र अवस्था अनुसार थपघट गरिएको उनले जानकारी दिए । बिरामीको लिभर र मृगौलाको अवस्थामा पनि सुधार देखिएको कोइरालाको उपचारमा संलग्न डा. जोशीले बताए । तर, स्वास्थ्यमा सुधार आए पनि अझैसम्म खतरामुक्त भनिहाल्न नसकिने बताउँदै डा. जोशीले कहिलेसम्म भेन्टिटरमा राख्ने भन्नेबारे डाक्टरहरुको बोर्डले निर्णय गर्ने स्पष्ट पारे ।


पेट र श्वास प्रश्वासमा दुई एवं असहज महसुस भएको भन्दै कोइराला मंगलबार राति ओम अस्पताल भर्ना भएका थिए । बुधबार बिहान ५ बजेतिरबाट उनी अकस्मात अचेत बनेका थिए । भेन्टिलेटरमै राखेको अवस्थामा बुधबार बेलुका उनका आँखा खुलेका थिए । अहिले पनि डाक्टरहरुको टिमले २(२ घन्टामा कोइरालाको स्वास्थ्यबारे जाँच गर्ने गरेका छन् ।

Share To:

तपाईको प्रतिक्रिया :