काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित मिजारको हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई धादिङका अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन् ।


काभ्रेबाट अपहरण गरी ल्याएर हत्या गरिएका मिजारको लास धादिङको कुम्पुर–३ मलेखु नजिकै प्रतीक्षालयमा झुन्ड्याइएको अवस्थामा फेला परेको थियो । काभ्रे जिल्लाको बाउन्नकिलो निवासी कल्पना पराजुलीसँग प्रेमविवाह गरेपछि उमेर नपुगेर आफ्नो परिवारको जिम्मा लगाइएको लगत्तै दलित भएकै कारण अजितको हत्या गरिएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको हो ।

Share To:

तपाईको प्रतिक्रिया :