जीवन लुइँटेल पछिल्लो समयका चर्चित नेपाली नायक । पूर्व मिस्टर नेपालसमेत रहेका जीवनले थुपै्र सफल चलचित्र दिएका छन् । तर केही समययता उनी नेपालमा भन्दा विदेशतिर बढी देखिन्छन् ।

अमेरिकाको ग्रिनकार्डका लागि प्रोसेसमा रहेका जीवनलाई अहिले अमेरिका पानी पँधेरो भएको छ । वर्षको पाँच छ महिना उनी अमेरिकातिरै हुन्छन् । यतिखेर जीवन भारतको मुम्बईमा छन् । पछिल्लो समय हातमा चलचित्र नभएपछि उनी घुमफिरमै छन् ।

केही दिनअघि मात्र मुम्बई पुगेका जीवन चर्चित हिन्दी टेलिसिरियल ‘कुमकुम भाग्य’ को सुटिङस्थल पुगेका थिए । जीवनले शुक्रबार आफ्नो फेसबुकमा ‘कुमकुम भाग्य’ का चर्चित जोडी श्रृति झा (प्रज्ञा) र सविर अहोललिया (अभि) लाई भेटेको तस्बिर पोस्ट गरेका छन् । तस्बिरमा जीवन र अभि उस्तै, तर अभि अलि अग्लो देखिएका छन् ।
जीवनलाई भेट्दा भने प्रज्ञा अचम्मित भएकी छन् । श्रृति नेपाली महिलामा पनि लोकप्रिय छन् । उनको जन्मस्थलबारे नेपाल र भारतीय सञ्चारमाध्यमको आ–आफ्नै दाबी छ । नेपाली सञ्चारमाध्यमले श्रृति सप्तरीमा जन्मेकी र भारतीय नागरिकसँग विवाह गरेर उतै बस्दै आएका लेखेका छन् ।

तर, भारतीय न्युज पोर्टल दैनिक भास्करले भने श्रृति बिहारमा जन्मेकी र काठमाडौंमा बसेर पढेको दाबी गरेको छ ।
श्रृति झाले काठमाडौंस्थित मोर्डन इन्डियन स्कुलमा पढेकी हुन् । उनलाई नेपाली पनि बोल्न आउँछ । नेपालका चर्चित नायकलाई सुटिङस्थलमै देखेपछि श्रृतिले आश्चर्य मानेर मुख छोपेकी छन् । अहिले ‘कुमकुम भाग्य’ हिन्दी टेलिसिरियलको टीआरपीमा १ नम्बरमा छ ।
Share To:

तपाईको प्रतिक्रिया :