कुनै पनि व्यक्तिको व्यक्तित्व उसको अग्लाईमा भर पर्छ । सेना, पुलिस, मोडलिङजस्ता क्षेत्रमा अग्लो हुनु निकै आवश्यक मानिन्छ । यद्यपि सबैको अग्लाई उत्तिकै हुँदैंन । तर अग्लाई बढाउन बाल्यकालदेखि नै ध्यान दिनुपर्छ । १८ वर्षसम्म मानिसको अग्लाई बढी सक्छ । शरीरको लम्बाई बढाउन सबैभन्दा बढी योगदान हो ह्युमन ग्रोथ हर्मोन, अर्थात एचजिएच । यो पिट्युरी ग्रन्थीबाट निस्कन्छ, जसबाट हाम्रो हाइट बढ्छ । सही प्रोटीन र न्युट्रिसन नपाउँदा शरीरको विकास हुन बन्द हुन्छ या कम हुन्छ । यदि शरीरको सही विकास चाहने हो भने खानपानमा पूरै ध्यान दिनुपर्छ । आलकाल कोल्ड ड्रिङस फेसन बनेको छ । तर, यो स्वास्थ्यका लागि राम्रो होइन । बर्गर, चाउचाउ, पिज्जा खानाले हाइट बढ्दैन । दूध, दही, पनीर, मख्खन, दाल आदिले हाइट बढ्छ । प्रोटीन दूध, दही र अण्डामा हुन्छ । भिटामिन, मिनरल्सका लागि फलफूल खानुपर्छ, जुस पिउनुपर्छ, हरियो तरकारी, दाल खान भुल्नुहुन्न ।


के–के खानुपर्छ हाइट बढाउन ?
क्याल्सियम : क्याल्सियम शरीरका लागि आवश्यक खनिज हो । यसले हड्डी मजबूत बनाउँछ । क्याल्सियम दूध, दही, चिजबाट प्राप्त हुन्छ । हाइट बढाउन क्याल्सियम जरुरी हुन्छ ।
मिनरल्स : खनिजले हड्डीको तन्तु निर्माण गर्छ । यसले हड्डीको विकास र शरीरमा रक्तप्रवाहमा सुधार गर्छ । यदि हाइट बढाउने हो भने खनिजले भरपूर तत्वको प्रयोग गर्नुपर्छ । यो पालुंगो, ब्रोकाउली, काउली, मूला, गाँजर, दाल, बदाम, केरा, अंगुरआदिमा पाइन्छ ।

भिटामिन डी– हाइट बढाउने अर्को तत्व हो, भिटामिन डी । राम्रोसंग क्याल्सियम हड्डीमा अवशोषित गर्न, हड्डीको विकासका लागि र प्रतिरक्षा प्रणाली राम्रो बनाउन भिटामिन डी आवश्यक पर्छ । यो माछा, दाल, अन्डा, तोफु, सोयामिल्क, सोयाबिन, च्याउआदिमा पाइन्छ ।
प्रोटीन : हाइट बढाउन प्रोटीन पनि चाहिन्छ । यसले शरीरको कोशिकाहरुको मर्मत गर्छ । अमिनो एसिडबाट भरपूर पदार्थ शरीरको सही वृद्धि र राम्रोसंग काम गर्ने क्षमता प्रदान गर्छ । माछा, दूध, चिज, भटमास, बदाम, दाल, चिकनमा यो पाइन्छ ।

भिटामिन ए : शरीरका अंगले सही कार्य गर्न भिटामिन एयुक्त आहारा दैनिक चाहिन्छ । यसले हड्डी मजबूत बनाउछ  र लम्बाई पनि बढ्छ । पालुंगो, चुकन्दर, गाँजर, चिकन, दूध, गोलभेंडा आदिमा भिटामिन ए पाइन्छ ।

यसका अलावा सानो तर महत्वपूर्ण कुरा : यदि हाइट बढाउनु छ भने सही तरिकाले बस्ने र हिड्ने गर्नुपर्छ  कहिल्यै पनि निहुरिएर हिड्नु हुँदैंन । हिड्दा, बस्दा कम्मर सिधा बनाएर हिड्नुपर्छ । समयमा सुत्नुपर्छ । राती अबेरसम्म बस्नुहुन्न र बिहान उठ्नेबित्तिकै केही व्यायाम गर्नुपर्छ । -स्वास्थ्य खबरपत्रिका बाट
Share To:

तपाईको प्रतिक्रिया :