सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व इद उत्र फित्रका दिन बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लामहरूको एकमहिने रोजा (उपवास) को अन्तिम दिन आकाशमा चन्द्रमा देखिएको भोलिपल्ट इद उल फित्र पर्व मनाइन्छ ।

यो पर्वमा इस्लाम धर्मावलम्बीहरूले मस्जिद वा इदगाहमा भेला भई नमाज पढेपछि एक–आपसमा गला मिलाई इदको शुभकामना आदान प्रदान गर्छन् । नमाजअघि हरेक मुस्लिमले आ–आफ्नातर्फबाट धर्मगुरु या मस्जिद कमिटीले तोकेको रकम (सद–ए–फित्र) बुझाउँछन् ।  उक्त रकम गरीब, असहाय र अनाथका लागि खर्च गर्ने परम्परा छ ।

इदको नमाजपछि तीन दिनसम्म आफन्त, इस्टमित्र, छिमेकी र साथीभाइलाई बोलाएर सेवाई, खजुरलगायतका मिठा खानेकुरा खाने/खुवाउने चलन छ । मान्यजनले केटाकेटीलाई आशिर्वादस्वरूप नगद दिने चलनसमेत छ ।
source:kantipur


Share To:

तपाईको प्रतिक्रिया :