साउन १२ – सलमान खान कालो हरिण सिकारका दुईवटै मुद्दाबाट मुक्त भएसँगै मिडियामा छाइरहेका छन् । यी दुई मुद्दाका कारण उनी सधैँ विवाद र चर्चामा रहे । उनले यही मुद्दाका कारण १८ दिन जेल पनि बस्नुपर्‍यो । यो मुद्दा बाहेक सलमान आफैले दिएका केही बयानका कारण पनि बेलाबखत विवादित बनेका छन् । हामीले सलमानका १५ भनाई यहाँ प्रस्तुत गर्दैछौँ, जसले उनलाई विवादमा तान्यो ।

म तपाईँहरुलाई भन्छु । म भन्दा १० गुणा ह्याण्डसम, स्टाईलिश, ट्यालेन्टेड मानिसहरु बलिउडमा छन् । यस्तो अवस्थामा म आफूमाथि गर्व गर्ने कुनै ठोस कारण भेट्दिन । मैलै जीवनमा कुनै असाधारण काम गरेको छैन । जसले मानिसहरुको जिन्दगी बदलेको छ । मैले मेहनत गरिहेको छु भन्ने कुरा देखाउन आवश्यक छैन ।  जुन दिन निर्माताहरुले मेरो लागि लगानी गर्न र फ्यानहरुले मेरा फिल्म हेर्न छाड्छन् । त्यस दिनदेखि म अभिनयबाट बिदा लिनेछु । त्यो दिन अभिनय छाडेर म मेरो अरु रुचीमा ध्यान दिनेछु । पेटिंग, राइटिङ, डिरेक्सनअरु पनि थुप्रै काम गर्न बाँकी छन् । मेरो लागि अभिनय सिधै मनबाट निस्कन्छ । यो हिसाबले मैले फिटिक्कै अभिनय गर्दिन ।  चरित्रको पीडा सम्झनका लागि मैले त्यस्तै महसुस गर्नुपर्छ । कतै न कतै दर्शकहरु यही देख्छन् ।सबै फेशन ब्राण्डहरु राम्रा छन् । तर बिईङ ह्युम नराम्रो गर्ने बारे सोच्छ ।  यसको माध्यमबाट तपाईँहरु पाइन्ट या टिशट लगाएर मानिसहरुको जिन्दगीबदल्न सक्ुहुन्छ ।म कहिँ पनि जान्न । म नाईट क्लब जान्न ।
 यसबाट अरुसँग मिल्ने त प्रश्नै आउँदैन । तिमीजति ठूलो हुन्छौं, त्यती नै राम्रो देखिन आवश्यक हुन्छ । जति अग्लो छलाङ मार्नु छ, त्यसको लागि त्यती नै मेहनत गर्नुपर्छ । फिल्म सफल भयो भने सबैले सफलता बाँड्छन् । तर  फिल्म डिजास्टर सावित भयो भने त्यसको पछाडि मेरै हात हुनसक्छ । अरुको हैन ।  मलाई लाग्छ म त्यस्तो व्यक्ति हुँ, जसले आफ्नो स्टारडमलाई गम्भीर रुपमा लिँदैन । म पोजेसिव छैन । तर केयरिङ छु । यदी तपाईँलाई आफूले केयर गरिरहेको  व्यक्तिलाई तपाईंले गरेको केयर मन परेको छैन भन्ने थाहा हुन्छ, तपाईँहरु पनि एक अर्काबाट अल्गिनु हुन्छ । एक बखत मेरो विवाह हुन लागेको थियो । तर भएन । त्यस बेलादेखि आजसम्म हुन सकेको छैन । यस्तो अवस्थामा पनि खुसी छु । मलाई यो सधैँ जारी रहनेछ भन्ने आशा छ ।  फिल्म क्षेत्रका प्रायः व्यक्तिहरु भविष्यका लागि भन्दै पैसा बचाउने गर्छन् ।  केही अभिनेताको मृत्यु पैसा बिना सानो घरमा नै भयो । किनकी उनीहरु इन्सेक्योर थिए । मेरो जिन्दगीमा पैसाको महत्व छैन । यो यस्तो कुरा हो जसलाई म सजिलै गुमाउन सक्छु ।म आजसम्म भर्जिन छु । आफ्नो भर्जिनिटी भविष्यकी श्रीमतीको लागि बचाईराखेको छु ।  सुल्तानको सुटिङका क्रममा १२० किलोका पहलवानहरुलाई १० फरक फरक तरिकाले उठाउनु पर्थ्यो । शटपछि जब म रिङबाट बाहिर निस्कन्थे । त्यसपछि मलाई बलात्कृत भएकी महिलालाई जस्तै पीडा हुन्थ्यो । म सिधा हिँड्न सक्दैनथे । म बिहे किन गरुँ ? मानिसहरु छोराछोरी पाउनको लागि विवाह गर्छन् । मेरा त पैलादेखि नै छोराछोरी छन् ।  मेरा भाइका छोराहरु नै मेरा छोराहरु हुन् ।
Share To:

तपाईको प्रतिक्रिया :