सुगम पोखरेलः फेरि त्यो दिन सम्झन चाहन्नँ
फेरि त्यो दिन सम्झन चाहन्नँ
त्यही कथा म दोहोर्याउन चाहन्नँ’
त्यही कथा म दोहोर्याउन चाहन्नँ’
गायक सुगम पोखरेललाई ०५८ सालतिर गाएको यो गीतले एकाएक चर्चामा ल्यायो । जतिबेला उनले सांगीतिक करिअर त ६ वर्षअघि नै सुरु गरेका थिए तर, खासै सफलता हात परेको थिएन ।
तर, यो गीतसँगै सुमग चर्चामा आए । संयोग कस्तो भने, अहिले यही गीत उनको वास्तविक जीवनसँग मेल खान्छ र, विगतको अँध्यारो पाटोमा र्फकँदै उनी मनमनै यही गीत गुनगुनाउँछन् ।
तीन वर्षअघि लागूऔषधसहित समातिएपछि सफलताको शिखरमा रहेको सुगमको करिअरमा एकाएक संकटको छाया पर्यो । पप गायकको जल्दोबल्दो छवि धरमरायो ।
तर, समय क्रममा उनले आत्मैबाट आफ्नो गल्ती महसुस गरे । आफूलाई सम्हालेर उठाए । संगीतको उही रफ्तारमा पाइला बढाए । यसैले अहिले कुनै समयमा गाएको गीतमा भने झैं पुरानो कथा नदोहोर्याउने अठोटमा बाँधिन सकेका छन् ।

गायकसँगै हिरो बन्ने रहर
फिल्ममा हिरोको फूर्तिफार्ति र प्रभाव देखेर सुगम स्कुले बेलामा लोभिन्थे – ‘पछि त हिरो बन्ने हो म ।’नेपाली फिल्मको परम्परागत मान्यताअनुसार उनको अनुहार पनि कलकलाउँदो र चटक्क मिलेको छँदै थियो । अझ उमेरमा यसमा छरितोपन आयो । स्कुलका विभिन्न कार्यक्रममा गीत गाउन भने थालिसकेका थिए ।
पछि के बन्छु भन्ने सोच नपाकिसकेको बेलामै ‘विराटनगरिया’ हावा लागिसकेको थियो उनीमा । फिल्महल धाउने र हिरोको सपना पाल्ने । विराटनगरदेखि १६ किलोमिटर टाढाको भलुवा मंगलबारे भन्ने ठाउँमा जन्मे-हुर्के पनि उनी पढ्न भने विराटनगर बसेका थिए । सात कक्षामा पढ्दा ‘लछमनिया’ नामको टेलिसिरियलमा अभिनय गर्ने मौका पाए । तर, त्यही बेलादेखि उनको सोच भड्कियो । अभिनय गर्ने मोह एकाएक भंग भयो । ‘एउटा सटका लागि पचासौं टेक लिनुपर्ने र अनेक जञ्जाल देखेर यो क्षेत्र त मेरो लागि हैन रै’छ भन्ने लाग्यो,’ हिरोको सपना भत्किएको कहानी सुनाउँछन् सुगम । आफू गीत गाउनकै लागि ठीक छु भन्ने लाग्यो । साथीहरूले राम्रो गाउँछस् भन्थे । यो हुटहुटीसँगै काठमाडौं गएर आफ्नो नामको एउटा एल्बम चाहिँ निकाल्छु भन्ने रहर सजाए ।उनका साथी मणिराम पोखरेल भने नाटक खेल्न चाख दिन्थे । आफ्नो बाटो नछाडेका मणिराम अहिले नाटक, टेलिफिल्मका साथै फिल्महरूमा समेत देखिन थाल्दा सुगम खुसी मान्छन् । उनले पनि हिरो बन्ने आफ्नो तलतल कहाँ त्यसै छाडेका छन् र ! हाँस्दै सुनाए – ‘म्युजिक भिडियो गर्दा मोडेल बनेर हिरो बन्ने तृष्णा मेटाइरहेको छु ।’
रेडियो मेरो पाठशाला
विराटनगरबाट काठमाडौं आएपछि संगीतमा केही गर्नुपर्छ भन्ने सोच थियो । तर, रहर सिवाय केही थिएन । उनी अनामनगर घट्टेकुलोमा रंगकर्मी दाइ सुनील पोखरेलसँगै डेरामा बस्थे । सुरुवातको समयमा संगीतको बाटोमा अघि बढाउन दाइ नै सहयोगी भए ।विराटनगरबाट आएर गायक बन्ने रहर पाल्ने उनी मात्र एक्ला थिएनन् । कलेज पढ्ने क्रममा सुदिन पोखरेल भेटिए । दुवैले साथी सर्कलमा एक-अर्काको नाम पहिल्यैदेखि सुनिरहे पनि भेट भएपछि आ-आफ्नो रहर फुकाए – ‘लु ब्रो, अब हामी गीत रेकर्ड गर्ने !’

कुरा हो ०५२ सालको । सुनील दाइले दुवैलाई मैतीदेवीस्थित गायक/संगीतकार आभास फुयाँलको नाद रेकर्र्डिङ स्टुडियोमा पुर्याए । त्यहाँ उनीहरूले ‘म माया गर्छु’ बोलको गीत रेकर्ड गरे । आफ्नो पहिलो गीत रेकर्ड भएपछि सुगम र सुदिन त यसै दंग थिए । सुनीलले भने केटाहरूले गरी खाँदैनन् भनेर ओठ लेप्य्राए । नभन्दै त्यो गीत सुपर फ्लप भयो । कतै बजेन । त्यसपछि रेकर्ड गरेका अरु दुईवटा गीत पनि चलेनन् । सुदिन पढाइतिर लागे पनि सुगमले भने गाउन छाडेनन् । अब गहिरिएर लाग्नुपर्छ भनेर अघि बढे ।
गाएर मात्र पेट भर्ने कुरा थिएन । उनी ०५५ सालमा रेडियो सगरमाथामा लाइब्रेरियनको रूपमा जागिरे भए । त्यस क्रममा दोहोरी गायकदेखि पप गायकसम्मलाई उनले भेट्न पाए । फरक विधाको संगीत बुझे ।वातावरण पत्रकार समूहले चलाएको सामुदायिक रेडियोमा गुदी भएका मान्छेहरूको चहलपहल पनि त्यत्तिकै हुन्थ्यो । रघु मैनाली, मधु आचार्य, किरण नेपाल, जितेन्द्र राउत जस्ता अग्रज पुस्ताका साथै विजय पौडेल, हिमाल न्यौपाने, नारायण श्रेष्ठ,सरोज अर्याल जस्ता विचारशील मान्छेहरूको सरसंगति गर्न पाए । त्यो बेला रेडियोमा प्रकाश सायमी, उपेन्द्र अर्यालले पनि कार्यक्रम चलाउँथे ।
उनी सम्झिन्छन् – ‘गुदी भएका यी मान्छेहरूको संगतले बोल्ने र काम गर्ने मेरो शैलीमा धेरै निखार आयो । काँचो उमेरमै धेरै कुरा सिक्न पाउँदा मेरो लागि रेडियो राम्रो स्कुल बन्यो । त्यो रेडियोको साटो अरु कुनै ठाउँमा गएको भए यहाँसम्मको यात्रा तय गर्न सक्दिनथेँ जस्तो लाग्छ ।’रेडियो सगरमाथामा १३ वर्ष काम गरे उनले । त्यस क्रममा नेपाली समाज र गीत संगीतलाई नजिकबाट बुझ्न पाए । त्यसबाट जीवन र सांगीतिक करिअर अघि बढाउन सजिलो भएको उनलाई लाग्छ । रेडियोमा काम गरिरहँदा उनी विज्ञापनमा बोल्थे । भ्वाइस ओभर गर्थे । अरुको गीत कम्पोज गर्नुका साथै गीत पनि लेख्थे ।
रेडियोमा काम गरेकै समयमा सुगमले सीवी खत्रीसँग साढे तीन वर्ष गितार सिके ।घट्टेकुलो डेराबाट ललितपुर बखुण्डोलमा रेडियो पुग्थे । त्यहाँबाट आरआर क्याम्पसमा क्लास लिएपछि न्युरोडमा गितार सिकेर कोठा फर्कँदा रातिको ८/९ बज्थ्यो । ‘भोकल क्लास भने मैले कतै लिइनँ । आफ्नै अभ्यासले अघि बढेँ,’ उनी भन्छन् ।सुरुवातका असफल गायकको जीवनमा ०५८ सालले बहार ल्याइदियो । ‘मेरो संसार तिमी नै हौ’, ‘फेरि त्यो दिन सम्झन चाहान्नँ’ गीतको सिंगल ट्र्याक एफएमबाट रिलिज गर्दा थामिनसक्नुको लोकपि्रयता पाए सुगमले । भन्छन् – ‘त्यति चर्चा अलिक अपेक्षा गरेको थिइनँ । जुनसुकै मान्छेको जीवनमा भगवान्ले एकचोटि ठूलो उपलब्धि दिन्छन् जस्तो लाग्छ । मैले पनि त्यो उँचाइको माया र चर्चा पाएँ ।’त्यसको अर्को वर्ष उनले पहिलो एल्बम ‘हाइवे’ निकाले । त्यही वर्ष प्रेम विवाह पनि गरिसकेका थिए । जीवनसाथी लिजाको आगमनसँगै करिअरले पनि साथ दिएको उनलाई लाग्छ । भन्छन् – ‘यहाँसम्म आफ्नै मिहिनेतले आएँ । यसमा भाग्यले पनि साथ दिएको छ ।’ अचेल लिजा नै उनको संगीतयात्राको सल्लाहकार र आलोचक बनेकी छिन् । कुन गीत गाउने-नगाउने, कुन राम्रो-नराम्रो भनेर सल्लाह पाउँछन् । साथमा १० वर्षे छोरी एन्जलिजाले पनि गीतको पारख गर्छिन् ।सुगम स्वतन्त्रतालाई औधि प्यारो मान्छन् । लाइब्रेरियन हुँदै माथिल्लो तहसम्म पुगेर व्यवस्थापनको काम समेत हेर्नुपरेपछि उनलाई उकुसमुकुस भयो । रेडियो कर्म छाडेर संगीतमै केन्दि्रत हुन थाले ।
गाउँदागाउँदै गाउन सिकेका हुन् उनले । रहरको गायनदेखि सिक्दै गाउने क्रममा पप र आधुनिक गीतको आसपास रहेर उनले गाइरहेका छन् । सुरुमा उनलाई गायक नै नमान्नेले पनि समय क्रममा उनलाई स्याबासी दिए । उनको साधनामा गर्व गरे । आठ/नौ वर्ष अगाडि सुनील दाइसँग भेट हुँदा उनले आफ्ना केही गीत सुनाए । गीत सुनेर दाइले उनलाई गम्लंग अँगालो हाले – ‘मेरो भाइ, मैले तँलाई चिनेको रैनछु । मैले त तँलाई पुरानै दृष्टिबाट हेरिरहेको थिएँ । मान्छेहरूले चर्चा गर्थे, मैले पत्याएको थिइनँ । तँ त गायक बनिसकिछस् ।’ पहिले गायक नमाने पनि पछि सुनीलले ‘मेरो जीवन यस्तो होस्’ भन्ने गीतको म्युजिक भिडियोमा अभिनय समेत गरे ।सुगमलाई आफ्नो पहिलो चिनारी सुनील पोखरेलको भाइ हो भन्ने लाग्छ । अनि मात्र गायक ।

फेरि त्यो दिन सम्झन चाहान्नँ
सगरमाथाको उचाइतिर लागिरहँदा आरोहीलाई आँधीबेहरीले दुःख दिन सक्छ । आखिर मौसमको खेल न हो, कति बेला आँधी चल्छ, ठेगान हुँदैन । जीवनको आरोहण पनि यस्तै हो ।झन् सफलताको चुलीमा पुगेर एउटा नाम बनाइसकेकामाथि प्रहार गर्न बदनामी बाटो ढुकेर बसिरहेको हुन्छ । लागूऔषध प्रकरण यस्तै भयो सुगमको जीवनयात्रामा ।फर्केर हेर्दा उनी यो घटनाको ढाकछोप र पछुतो गर्नमा अल्झिँदैनन् । दुर्व्यसनलाई पार लगाइसकेको बाटो भन्दै एउटा पाठको रूपमा हेर्छन्, गुनगुनाउँछन्, ‘फेरि त्यो दिन सम्झन चाहान्नँ …

तपाईको प्रतिक्रिया :