राष्ट्रिय सहमतीय सरकार गठन गर्न माग गर्दै आएका माओवादी केन्द्रले पुन बैठक सुरु गरेको छ ।

आफ्नो अडान कायम गर्न नसक्दा समस्यामा परेको केन्द्रको सोमबारको बैठकले सरकार परिवर्तन वा राष्ट्रिय सहमतीय सरकार गठनका विषयमा ठोस निर्णय निष्कने बताइएको छ ।


साथै सोमबार प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा सहमतिय सरकार गठन, एमालेसँगको नौं बुँदे सहमति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

सरकार परिवर्तनको विषयमा पनि केन्द्रमा नै दुईथरी कुरा उठन थालेका छ । बैठकले सरकारका विषयमा एमाले नेतृत्वसँग निर्णायक छलफल गर्ने निर्णय गरेको थियो । माओवादीले एमालेसँग लिखित नौ बुँदेसँगै तीनबुँदे भद्रसहमति भएको दावी गर्दै आएको छ ।

Share To:

तपाईको प्रतिक्रिया :