प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार संसदमा लगाएका आरोपप्रति असन्तुष्टि जनाएका छन् ।कान्तिपुमा खबर छ ।
नेपाल टेलिभिजनको ‘सीधा कुरा प्रधानमन्त्रीसँग’मा उनले दाहालले आफूविरुद्ध लाञ्छानापूर्ण अभिव्यक्ति दिएको बताए । ‘राजतन्त्रविरुद्ध संघर्ष गर्दा उहाँ -दाहाल) कुन स्कुल पढ्दै हुनुहुन्थ्यो, राजतन्त्रविरुद्ध संघर्ष जेल जाँदा कुन स्कुल पढ्दै हुनुहुन्थयो,’ उनले आफू वादविवाद गर्न नचाहेको बताउँदै भने, ‘मैले राजासँग कार्यगत एकता गरिन, उहाँसग पनि सम्झौताअन्तर्गत चलेको हो, तर सम्झौता अरु आस्थागत विषय होइन, परिस्थितिगत विषय हो ।’
अविश्वासको प्रस्ताव पेस गर्दै दाहालले शुक्रबार संसदमा प्रधानमन्त्री गणतन्त्र र संघीयताविरोधी रहेको आरोप लगाएका थिए । उनले इतिहासको यो नै अन्तिम घडी नभएको बताउँदै पछि आफैले खण्डन गर्ने दिन आउने बताए । ‘म आधा शताब्दीभन्दा बढी संघर्ष गरेको व्यक्ति हो, २९ वर्षदेखि खुल्ला छु, मलाई लाखौंले भेटेका छन्, तथ्य र प्रमाणबाट पुष्टि गरे हुन्थ्यो, पछि काट्नुपर्दा असुविधा हुन्छ कि भन्ने हेक्का राखे राम्रो,’ उनले भने ।
प्रधानमन्त्रीले आफूलाई धेरै ठूलो योजना र प्रयासपछि हटाइएको दाबी गरे । ‘सरकारले ऐतिहासिक काम गरेको छ, जति पनि काम भएको छ, त्यसलाई मन नपराउनेहरु, स्वाभिमानको लहर जो सिर्जना भयो, देश परनिर्भरताबाट आत्मनिर्भरतारित लाग्यो, त्यसलाई मन नपराउनेहरु सक्रिय भए,’ उनले भने ।
वैशाख २२ गते सभामुख ओनसरी घर्तीको निवासमा कांग्रेससँग माओवादीको ७ बुँदे सहमति भएको प्रधानमन्त्रीको भनाइ थियो ।
उनले आफूले सुरु गरेका कतिपय कामलाई नयाँ सरकारले पनि असफल पार्न नसकने बताए । ‘जसरी जम्मा गरेर सरकार बनाएको थिएँ, मौका पाएकाबेला अप्ठ्यारो बेला, सहकार्य कसरी गरेको छु हिजो देखियो नि,’ उनले भने, ‘कतिवटा मेट्न सक्दैन, हुती छैन, कतिपय मेट्नेछ ।’
प्रधानमन्त्रीले संसदमा कांग्रेस सांसदले आफ्नो मानसिक अवस्थामाथि गरेको प्रश्न टिप्पणी गर्न लायक विषय नभएको बताए । ‘कुनै जन्तुले खुट्टा टोक्छ, तर त्यसमा आक्रोसित भएर त्यसको खुट्टा टोक्न गइँदैन, त्यो दल र त्यसका सांसदले विचार गर्नुपर्ने हो, खुदै व्यक्तिले विचार गर्नुपर्ने हो, पढाइलेखाइ त छ होला, विषयगत ज्ञान त होला, तर सभ्यता सिकिंदो रहनेछ,’ उनको भनाइ थियो ।



तपाईको प्रतिक्रिया :