मलेसियामा ज्यान गुमाएका पाँच नेपालीको शव अलपत्र अवस्थामा रहेको पाइएको छ । विभिन्न दुर्घटनामा ज्यान गुमाएका पाँच नेपालीको शव फिर्ता गर्न बाँकी रहेको मलेसियाली सरकारले नेपाल सरकारलाई जानकारी दिएको छ ।


यसमध्ये केही शवहरु निकै लामो समयदेखि मलेसियामै रोकिएका छन् । श्रम तथा रोजगार मनत्री दीपक बोहोरा नेतृत्वको सरकारी टोलीलाई मलेसियाली सरकारले पाँच जना नेपालीको शव फिर्ता पठाउन बाँकी रहेको भन्दै लैजाने प्रक्रिया सुरु गर्न अनुरोध गरेको छ ।

‘सबै शव फिर्ता ल्याउन सहयोग गर्न हामीले मलेसियालाई अनुरोध गरेका छौं’ मन्त्री बोहोराले भने ‘विदेशमा काम गर्न गएर ज्यान गुमाउनुपर्ने बाध्यता हटाउन सुरक्षाका विषय पनि हामीले उठाएका छौं । सबै शव फिर्ता ल्याउन प्रक्रिया अघि बढेको छ ।’

मलेसियामा रहेका शबमध्ये दुई वटाको पहिचान हुन नसकेको वैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराईले जानकारी दिइन् । पहिचान नभएका शब पनि प्रक्रिया पुर्‍याएर नेपाल ल्याइने भएको छ ।

मलेसियामा नेपाली कामदारहरुको असुरक्षा बढिरहँदा विभिन्न घटना तथा दुर्घटनामा परेर ज्यान गुमाउने नेपालीको संख्या कम छैन । धेरै जसो नेपालीहरु एक्कासी फोक्सोमा देखिने समस्या को शिकार हुने पाइएको छ ।

पाँच लाख नेपाली कार्यारत मलेसियामा आपराधिक समूहको आक्रमण बढेको भन्दै प्रवासी नेपालीहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् । गतवर्षसम्म वैदेशिक रोजगारको प्रमुख गन्तब्य बनेको मलेसिया यस्तै विभिन्न कारणले गर्दा तेस्रोमा धकेलिएको छ ।
Share To:

तपाईको प्रतिक्रिया :