काठमाडौं१० साउन। आइतबार संसदमा अविस्वासको प्रस्ताव माथीको छलफलको अन्तिम दिन थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारी समक्ष आफ्नो राजीनामा पेस गरेको सदनमा जानकारी दिएसंगै अब माओवादी केन्द्र अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको लागि बाटो खुला भएको छ।

नेपालको राजनीतिमा आएको उतारचढाव बिच भारतीय मिडियामा भने खुसी दर्शीएको छ। ओली सरकार ढल्नु भारतको लागि गुड न्युज भएको स्वयम् भारतीय मिडियाले लेखेका छन्। चर्चित भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा, ओली सरकार ढल्नु भारतको लागि गुड न्युज, प्रचण्ड सम्भावित अर्को प्रधानमन्त्री शीर्षकमा समाचार छापिएको छ।
Share To:

तपाईको प्रतिक्रिया :