शिक्षण अस्पतालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्ने क्रममा ८ जना डाक्टर पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई धरपकड गर्दै अमानवीय तरिकाले पक्राउ गरेको बताइएको छ ।


सोलिडारिटी फर जीकेसी अलाइन्सले गरेको उक्त कार्यक्रममा लाठीचार्ज हुँदा केही घाइते समेत भएका छन् ।

शान्तिपूर्ण रुपमा धर्ना गरिरहेको अवस्थामा बुट र लाठी चार्ज भएको हो । शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर बद्री अर्याल, डा सागर पोखरेल, विषद दाहाल, मिर्जा सिद्दीकी, विक्रम ओली, पदम जोशीलगायत ९ जना पक्राउ परेको बताइएको छ ।
Share To:

तपाईको प्रतिक्रिया :