काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीले सरकारबाट बाहिरिएर नेपाली काँग्रेससँग मिलि नयाँ सरकार गठनको कसरत गर्नुका पछाडि छिमेकी मुलुक भारतको हात रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले बिहिबार सार्वजनिक रुपमा नै भारतको मुख्य संलग्नतामा नयाँ सरकार गठनको गृहकार्य अगाडि बढेको बताएका हुन् । रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले बिहिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री, मन्त्रीहरू र उच्चपदस्थ सुरक्षा अधिकृतहरुकासामू सरकार परिवर्तनका लागि दलहरुका बैठक स्वचालित रुपमा नभइ ब्याट्रिबाट चलिरहेको र त्यो मुलुकका लागि निकै दुःखद भएको बताए । उनले कुनै एउटा पार्टी सरकारबाट बाहिरिँदा अरूले उफ्रिएर खुशी भइ भोज खानुलाई सामान्य रूपमा लिन नहुने बताए । प्रधानमन्त्री ओलीले आफूले नाकाबन्दीका बेला राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिएको परिणाम भारतले काँग्रेस र माओवादीलाई प्रयोग गरेर सरकार परिवर्तन गर्न खोजेको आरोप लगाए । उनले सरकार परिवर्तनको योजना मुताबिक माओवादी सरकारबाट वाहिरिएपछि भारतीय राजदूत रञ्जित रेले भोज गरेको बताए । उनले नाकाबन्दीका बेला चर्को अभाव झेलेर पनि देशभक्ति देखाउनुले नेपालीहरू अन्याय सहँदैनन् भन्ने पुष्टि भएको भन्दै अस्थिर खेलकुद् गरेर नेपालको स्वाधिनतामा हस्तक्षेप गर्ने सपना नदेख्न भारतलाई चेतावनी समेत दिए । यसअघि सार्वजनिक कार्यक्रमहरुमा उखान टुक्का प्रयोग गरेर हँसाउने गरेका प्रधानमन्त्री ओली ३५ मिनेट लामो मन्तव्यका क्रममा भावुक रूपमा प्रस्तुत भएका थिए ।

तपाईको प्रतिक्रिया :