गोकर्णेश्वर नगरपालिकालाई पोलिथिन मुक्त बनाउने विषयमा भएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम सिऐन नेपालले, माकलबारी टोल सुधार समिति र जया मल्टिपल कलेजको सहकार्यमा भएको थियो । यस कार्यक्रमको सभापतित्व जया फाउण्डेसनका अध्यक्ष जगन्नाथ देवकोटा र प्रमुख अतिथिको रुपमा सांसद रामेश्वर फुयाल रहेका थिए । अतिथिकै रुपमा गोकर्णेश्वर नगरपालिकाकी कार्यकारी प्रमुख इन्दिरा कुमारी थपलीयारहकि थिइन् । नेपाली हरु विदेशमा गएर सरसफाइ सम्बन्धि काम गर्ने तर स्वदेशमा भने यस्ता काम गर्न लजाउने प्रवृद्धिको अन्त्य हुनपर्ने बताएकी छिन्। समाज सेवी,बुद्धिजीवि,वातावरण विद् शिक्षक,पत्रकार,राजनितिक दलका प्रतिनिधिहरु प्नि उपस्थिति भएका थिए ।
जया मल्टिपल कलेजका प्रिन्सिपल भवानी प्रसाद पौडेलले राज्य,नगरपालिका सम्बन्धित सरोकारवाला निकायले गर्नुपर्ने काम सिऐनका भाईबहनीहरुले गर्न लागेकोमा आफु खुसी भएको र सदैव आफु पनि रहने प्रतिबद्धता व्यतm गरेका थिए ।सभासद फुयालले पनि आफ्नो ठाउबाट सक्दो सहयोग गर्ने बताएका छन् । वातारण विद् अन्जु शाह सिङले वातावरण सम्बन्धी विद्यालय तहदेखि अनिवार्य रुपमा शिक्षाराखी विद्यार्थीहरुमा यसबारे ज्ञान हुनु आजको अपरिहार्य आवश्यकता रहेको कुरामा जोड दिएकी छिन् ।
सिऐनका अध्यक्ष सविन शर्माले संस्थाको योजना माथि प्रकाश पार्नु भएको थियो । साथै अब अझ क्रियाशिल एव्म सशतm भएर सबै सहयोगी हातहरुसंग हात मिलाएर अघि बढ्ने कुरामा जोड दिएका छन् । कार्यक्रममा विभिन्न प्रश्नहरुमाथि छलफल भएको थियो । विभिन्न व्यतिmत्वहरुले आ आफ्ना भनाईहरु राखेका थिए । बागमति सरसफाइका अभियान्ता रामहरि श्रेष्ठको बागमति सरसफाइमा पुर्याएको योगदानको प्रशंसा भएको थियो ।
क्लवका अध्यक्ष मनिषलाल श्रेष्ठले क्लबबाट पुर्ण सहयोग गर्ने विश्वास व्यक्तm गरेका छन् । यस कार्यक्रमको समापन गर्दै देवकोटाले आफैबाट पोलिथिनको प्रयोग रोक्नुपर्ने कुरामा जोड दिएका छन् ।


तपाईको प्रतिक्रिया :