यो खबर सलमान खानका प्रशंसकहरुका लागि नराम्रो हुनसक्छ किनभने बलिउडका दबंग खानका लागि अबको २४ घण्टा सबैभन्दा मुश्किल हुनेछ । सलमानमाथि कालो हरिण मारेको आरोपको विषयमा २५ जुलाईमा हाइकोर्टमा फैसला हुने भएको छ । फैसला पछि सलमान खान जेल जाने नजाने तय हुने बताइएको छ ।

२५ जुलाईमा सलमान खान विरुद्ध हरिण शिकारको भिन्न–भिन्न प्रकरणमा फैसला हुनेछ । यसको निर्णय राजस्थान हाइकोर्टलाई सुनाउनु पर्नेछ । गत मे महिनाको अन्तिम हप्तामा यस विषयमा भएको बहस पूरा भएको थियो र न्यायाधिसले आफ्नो निर्णय सुरक्षित राखेको थियो ।

सलमानले लोअर कोर्टको तर्फबाट दुई मुद्दामा एक र पाँच वर्षको सजायँलाई चुनौती दिएका थिए । जबकी राज्य सरकारले सलमानलाई सुनाइएको सजायँ अपुग भएको भन्दै अपिल गरेको थियो । अब हाइकोर्टले आफ्नो निर्णयमा सलमानलाई राहत दिन्छन् कि उनलाई सजायँ सुनाउँछन् यो भने हेर्न बाँकी छ ।

कोर्टले यदि सलमानलाई सुनाएको पाँच वर्षको सजायँ जस्ताको तस्तै राख्छ भने एकपटक फेरी सलमान जोधपुर जेलमा जानुपर्नेछ ।

Share To:

तपाईको प्रतिक्रिया :