ललितपुरको बालकुमारी चोकमा रहेको किष्ट पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरमा निमा डोल्मा लामा झुन्डिएको अवस्थामा फेला परेपछि मृतकका परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् ।

दोलखा चरिकोट घर भई भक्तपुरमा बस्दै आएकी निमा डोल्मा असार २८ गते झुन्डिएको अवस्थामा फेला परेपछि लामाका आफन्तले भने उनको हत्या भएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

साह र किष्टका सञ्चालक देवकुमार साहले प्रहरीमा खबर नगरी लामाको शवलाई शिक्षण अस्पताल लगेका थिए । सव परीक्षणका लागि राखिएको अवस्थामा शिक्षण अस्पतालमा सोमबार भेला भएका आफन्तले त्यस्तो माग गरेका हुन् ।

मृतककी बहिनी मीना लामाले शवलाई नजिकैको पाटन अस्पताल नलगेर टाढाको अस्पताल शिक्षण अस्पतालमा लैजानु रहस्यमय भएको बताउँदै त्यो घटनाको निष्पक्ष छानबिन गर्न माग गरे।

प्रहरी वृत्त जाउलाखेलले लामाको शव पोलिक्लिनिकमा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले लामाका प्रेमी उमेशकुमार साह र किष्ट पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरका सञ्चालक देवकुमार शाहलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
Share To:

तपाईको प्रतिक्रिया :