अहिले कृषकहरु पनि बाख्रापालनतिर आकर्षित भएको पाइन्छ । उन्नत नश्लका बाख्राको उत्पादन गरी मासु उत्पादन बढाउनका लागि सरकारले अष्ट्रेलियाबाट बोयर जातका बोका ल्याएको छ । कृषि विकास मन्त्रालय अन्तर्गतको किसानका लागि उन्नत विउ विजन कार्यक्रम (केयूविके) ले अष्ट्रेलियाबाट ५० वटा बोका खरीद गरी ल्याएको हो ।
सरकारले नै विदेशबाट बोयर बोका खरीद गरेको यो पहिलो पटक भएको पशुविकास मन्त्रालयले जनाएको छ । यस अघि गतवर्ष विश्व खाद्य कार्यक्रमले अनुदानमा दिएको बोयर बोका ल्याएपनि आफै गरीद गरको भने यो पहिलो पटक हो ।
प्रतिगोटा करीव अढाई लाखको दरले करीव १ करोड २५ लाख रुपैयाँ बराबरका बोका खरीद गरेको हो हो । सरकारको ठेक्का पाएको एक कम्पनीले अष्ट्रेलियाको व्यजिजा फर्मबाट खरीद गरेका बोका २ चरणमा गरी नेपाल ल्याईएको छ ।
ति बोका किसानको लागि उन्नत विउ विजन कार्यक्रम लागु भएका जिल्लाहरुमा खरीबाख्रामा क्रस गरी नश्लसुधारका लागि विक्री वितरण गरीने छ । ‘बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरको न्यूक्लियर्स हर्ड तथा बाख्राको जातीय नश्ल सुधारका लागि सामुदायीक बाख्रा प्रजनन केन्द्र मा राखेर स्थानीय खरी जातका बाख्रामा प्रजनन गराई बोयर खरीक्रस उत्पादन गरीने छ’ केयूविकेका साना पसुपालकहरुको व्यवसायीकीकरण संवाहक अधिकृत पशुचिकीत्सक लोकराज भुसालले भने ‘उत्पादित उन्नत पाठापाठीहरुमध्ये उत्कृष्ट ३० प्रतिशत पाठापाठी छनौट गरी कार्यक्रम लागु भएका गुल्मी, अर्घाखाँची, सल्यान, रुकुम र रोल्पामा समुदायमा स्थापना भएका बाख्रा बहुप्रजनन केन्द्रमा २÷२ वटाका दरले वितरण गरीने छ ।’ प्रजननकेन्द्रले स्थानीय खरी बाख्रामा प्रजनन गराई बोयर खरीक्रस बर्णशंकर जात उत्पादन गर्ने गरी बाख्रापालक किसानलाई सुविधा दिने छ ।
बोयर जात नेपालको मध्यपहाडी क्षेत्रमा हुर्किएर राम्रो उत्पादन हुनसक्ने जात भएकोले खरीद गरीएको मन्त्रालयले जनाएको छ । तुलनात्मक रुपमा बोयर जात नेपालमा उत्पादकत्व बढी हुने र सफल हुने देखिएकोले अष्ट्रेलियाबाट बोयर जातको बोका खरीद गरीएको हो । ‘बाख्राको जातीय सुधार गरी मासुको उत्पादन बढाएर आत्मनिर्भर गराउनका लागि यो जात ल्याईएको हो’ पशुचिकित्सक भुसालले भने ‘गाउँमै रोजगारीको सिजना गर्ने, विदेशबाट फर्केकाहरुलाई पनि बाख्रापालन व्यवसायमा संलग्न गराउने र गरीवि न्यूनिकरणका लागि यसले ठूलो सहयोग पुर्याउँछ भन्ने अपेक्षा गरेका छौँ ।’
केयूविके कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने गरी गुल्मी, अर्घाखाँची, सल्यान, रुकुम र रोल्पा लगायतका जिल्लामा सञ्चालन भएको परीयोजना हो । ती जिल्लामा पशुको क्षेत्रमा ७० वटा उपआयोजनाहरु दुध र मासुको उत्पादन र उत्पादकत्व बृद्धिका लागि कृषक समुदाय, समूह, सहकारी र नीजि कृषक उद्यमीहरुसंग साझेदारीमा सञ्चालन गर्नेगरी सम्झौता गरी शुरु भएका छन् । ‘जसमा कार्यक्रम र कृषक समुदायको गरी करीव १४ करोडको लगानीमा उपआयोजनामा सञ्चालित छन्’ भुसालले भने ‘जसको ५० प्रतिशत हिस्सा कार्यक्रमको तर्फबाट किसानले पाउनेछन् ।’
त्यसैगरी यो वर्ष करीव ७० वटा उपआयोजना किसानले प्रस्ताव गरेकोमा मूल्यांकन प्रकृया पूरा गरी सञ्चालनको तैयारीमा रहेको उनले बताए । ‘अव स्थलगत प्रमाणीकरण पूरा गर्छौँ अनि साउन भदौ भित्रै सम्झौता गरी कार्यान्वयनमा जाने छन् ’, उनले भने ।
परनिर्भरताको अन्त्य, गरिवि निवारणका लागि बेरोजगार र बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई कृषि तथा पशुपालनमा लाग्न प्रेरीत गरेको परीयोजनाले जनाएको छ ।



तपाईको प्रतिक्रिया :