नेपालले इङ्ल्यान्ड भ्रमणमा पहिलो अभ्यास खेल सजिलै जितेको छ । बुधबार नेपालले फ्रि फोरेस्टर क्रिकेट क्लबलाई १ सय २९ रनले पराजित गऱ्यो ।
जिमखाना क्रिकेट क्लबमा टस हारेको नेपालले निर्धारित ४० ओभरको खेलमा ९ विकेट गुमाई २ सय ३५ रन बनायो । जवाफमा आएको स्थानीय टोली २९.१ ओभरमा १ सय ६ रनमा अलआउट भयो । प्रशिक्षक जगत टमाटाले भ्रमणको सुरुआतमा नेपालको प्रदर्शन राम्रो भएको बताए ।



तपाईको प्रतिक्रिया :