दाङ, साउन १२ – दाङको देउखुरीमा राप्ती नदीले बगाएर ल्याएका पाँच वटा शव फेला परेको छ । राप्ती नदीको बाढीले बगाएर ल्याएका तीन महिला र दुई पुरुषको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सतबरिया-५ बगरापुरमानयका बासिन्दाले नदीले बगाएर ल्याएका शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  फेला परेका पाँच शव मध्ये एक जना दाङ गंगापरस्पुर-९ का ठगुराम चौधरी रहेको दाङका प्रहरी प्रवक्ता प्रकाशराज शर्माले जानकारी दिनुभयो । अरु चार जनाको सनाखत हुन सकेको छैन ।
Share To:

तपाईको प्रतिक्रिया :