पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी हुन्। उनलाई उत्कृष्ट खेलाडीकै रुपमा विश्वभर चिनिन्छ। तिनै रोनाल्डोले व्यवसायिक फुटबल करियरसँगै व्यापारलाई पनि अघि बढाएका छन्। आफूले फुटबल खेलेर कमाएको पैसा व्यापारमा लगानी गरेका रोनाल्डोले आफू जन्मेको पोर्चुगलको मेडेरामा पाटनरसिपमा सुविधा सम्पन्न होटल पनि खोलेका छन्। उनले पेसटाना ग्रुपसँग मिलेर मेडेरामा होटल खोलेका हुन्।

युरो कप २०१६ को उपाधि पोर्चुगललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रोनाल्डोले शुक्रबार एक कार्यक्रमकाबीच होटलको उद्घाटन समेत गरे।
मेडेरामा खोलेको उक्त होटलमा ४९ वटा कोठा छन् जसमा २५ वटा कोठालाई ‘सीआरसेभेन टाइप रुम’को नाम दिइएको छ भने अन्य २३ वटालाई ‘सुपेरिअर सीआरसेभेन’ नाम राखिएको छ।
Share To:

तपाईको प्रतिक्रिया :