रुघाँखोकी र जोरो निको पार्न रातभर ढ्याङ्रो ठटाएर धाँमी झाँक्री बोलाएर उफ्रने जनता भयको देशमा नक्कली डाक्टर समायर जनतालाई सक्कली डाक्टरको मा पठाउने प्रधानमन्त्री पागल नै हुन ।

जनता ठग्ने ब्यापारीको अनुगमनमा जाँदा खबरै नगरी चेक जाँच गर्न आयो भनेर मन्त्रीलाई लखेट्ने देशका नागरिकलाई बिकास र प्रगतिको कुरा गर्ने प्रधानमन्त्री साच्चिकै पागल नै हुन ।


६/६ महिनाको नाकाबन्दी खेपेर देशको स्वाभिमान के हो भनेर , हामी जस्ता अर्काको गुलामी बन्नुमै बेस ठान्ने जनतालाई बुझाउन खोज्नु नै प्रधानमन्त्रीको पागलपन हो।

उन्ले यहाँ भातको हैन जातको कुरा गर्नु पर्थ्यो । स्वाभिमानको हैन गुलामीपनको कुरा गर्नु पर्थ्यो। अनि यहाँ बिकासको हैन बिनासको कुरा गर्नु पर्थ्यो।

उनी यसकारण ले पनि पागल हुनकि उनी हामी जस्ता जनताको प्रधानमन्त्री बन्न पुगे।

उनी पागल भयकै कारणले उन्लाई हेक्का भयन कि यो सतिले सरापेको देशमा बिकासका स्वाभिमानका र आत्मनिर्भरताका कुरा गर्नु हुन्थेन भनेर ।

आसा गरौ अब बन्ने प्रधानमन्त्री सेरबहादुर देउवा वा प्रचन्डले यसरी बिकास प्रगति र स्वाभिमानका कुरा गर्ने छैनन। फास्ट्र्याक जस्ता देशका गौरव बोकेका योजना पुनः भारतलाई नै सुम्पने छ्न र नेपालमा लगानी गर्न ईक्षुक चाईना लगायत अन्य देशका ब्यापारीहरुलाई पुनः उनिहरुकै देश फर्काउने छन ताकि उनिहरुको कुर्सी लामो समय सम्म टिकोस । शुभकामना ।
 सुवास शर्मा को  फेसबुक पेज बाट 
Share To:

तपाईको प्रतिक्रिया :