काठमाडौँ, साउन १४ – काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१९ कपन पैयुँटारमा इनार सफा गर्ने क्रममा बिहीबार तीन जनाको ज्यान गएको छ ।
इनार सफा गर्न गएका २४ वर्षे इश्वर खड्का र उहाँकै भाई २० वर्षे किशोर तथा १८ वर्षे विशाल बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ । आफ्नै घरको ४५ फिट गहिरो इनार सफा गर्न गएका इश्वर नफर्केपछि बचाउन गएका किशोर र विशालको ज्यान गएको हो ।
FILE PHOTO

इनारभित्र फसेका उनीहरूलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएकामा उनीहरूको बाटैमा ज्यान गएको हो ।
Share To:

तपाईको प्रतिक्रिया :