संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–माओवादी केन्द्रको समीकरणमा बन्ने नयाँ सरकारमा सहभागी नहुने बताएका छन् ।
नेपालवाणी रेडियो नेटवर्ककमा शनिबार बिहान कुरागर्दै अध्यक्ष यादवले आफूहरूले उठाएका संविधान पुनर्लेखनसहितका माग पूरा नहुँदासम्म सरकारमा सहभागी नहुने बताए । ‘हामी संविधान पुनर्लेखनको मागसहित आन्दोलनमा छौँ’, उनले भने, ‘माग पूरा नहुँदासम्म हामी सरकारमा जाँदैनौँ ।’
अध्यक्ष यादवले आफूहरूका माग पूरा भएपछि सरकारमा सहभागी हुन सकिने उल्लेख गरे । संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले सरकारमा सहभागी हुनु अगाडि माग पूरा गर्नुपर्ने अडानमा छ ।
तपाईहरूले प्रधानमन्त्री केपी ओलीको विपक्ष कांग्रेस–माओवादी केन्द्रको गठबन्धनलाई सहयोग गर्नुका कारण के हो ? भन्ने जिज्ञासामा उहाँले भने, ‘ओली सरकार ढाल्नका लागि हामीले जसलाई पनि सहयोग गर्छौँ । तर सरकारमा सहभागी हुँदैनौँ । सरकार बनाउन पनि सहयोग गर्ने छौँ ।’

तपाईको प्रतिक्रिया :