साउन १२ – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको कपाल सुनौलो (हल्का पहेँलो रंगको सेतो कपाल) भएको छ । मेस्सी सुनौलो कपाल बनाउने खेलाडीको सूचीमा आएका छन् । उनले रियल मड्रिडका जेम्स
रोड्रिग्वेजले जस्तै कपाल सुनौलो बनाएका हुन् । नयाँ सिजनको तयारीमा रहेका मेस्सीले आफ्नो पुरै कपाल

सुनौलो बनाएका छन् । उनले कपाल रंगाएपछिको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेका छन् । यसअघि रियल मड्रिडका रोड्रिग्वेज, वेल्स र आर्सनलका आरोन रामसी, बेल्जियम र म्यानचेस्टर युनाइटेडका मारोआन फेलाइनी, म्यानचेस्मटर सिटीका समिर नासिर, सन्डरल्याण्डका फाबियो बारिनीले पनि कपाल सुनौलो बनाएका छन् । म्यानचेस्टर युनाइटेडका फिल जोन्सको कपाल पनि सुनौलो छ । इंग्ल्याण्डका पूर्व खेलाडी डेविड बेकह्यामको कपालको रंग पनि सुनौलो थियो ।

Share To:

तपाईको प्रतिक्रिया :