अर्जेन्टाइन फुटबल स्टार लियोनल मेसीलाई कर छलेको आरोपमा २१ महिनाको जेल सजाय तोकिएको छ ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेसीलाई कर छलेको भन्दै उनका बाबुसमेतलाई पनि बुधबार जेल सजाय तोकिएको हो ।

यसअघि, गत जुन २ तारिखमा पनि मेसीकाबारेमा अदालतमा सुनुवाइ भएको थियो ।

बार्सिलोनाबाट खेल्दा कमाएको रकमको कर नतिरेको भन्दै बाबु–छोरालाई जेल सजाय सुनाइएको हो । (एजेन्सी)

Share To:

तपाईको प्रतिक्रिया :