घन्टौंसम्म टेलिभिजन हेर्दा फोक्सोमा रगत जम्ने समस्या हुन सक्ने जापानी वैज्ञानिकहरुले बताएका छन् । अनुसन्धानकर्ताहरुले सन् १९८८ देखि १९९९ सम्म ८६ हजार मानिसको टेलिभिजन हेर्ने आदत बारे अध्ययन गरेका थिए ।
१९ वर्षसम्म उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा गहिरो अध्ययन गरेका थिए । दैनिक दुई घन्टा बढी निस्कृय भएर टेलिभिजन हेर्नेलाई पल्मुनरी इम्बोलिजम (पीई) अर्थात् फोक्सोमा रगत प्रबाहमा अबरोध हुने खतरा ४० प्रतिशत बढी पाइएको थियो ।
खुट्टाको रक्त नलिमा अबरोध हुँदा पीईको खतरा बढ्छ । रगत जम्ने समस्या सुस्त गतिविधिसँग समेत सम्बन्धित छ । अनुसन्धानकर्ताहरुले बढीमा १ भन्दा बढी एउटै पोजिसनमा रहेर टेलिभिजन नहेर्न पनि सुझाब दिएका छन् । लामो समयसम्म अनलाइनमा भिडियो हेर्नेलाई पनि अनुसन्धानकर्ताले टेलिभिजन हेर्ने आदतसँग जोडेका छन् ।
अनुसन्धान टोलिका सहलेखक तथा ओसाका युनिर्भसिटीका प्राध्यापक तोरु श्रीअकवाले भने, ‘अन लाइनमा लामो समय सम्म भिडियो हेर्ने बानीले टेलिभिजन दर्शकलाई मृत्युको मुखमा धकेलेको छ ।’
टेलिभिजन हेर्दा दर्शकले हरेक घन्टाको अन्तरालमा उभिन वा बाहिर निस्केर जिउ तन्काउन अनुसन्धानकर्ताहरुले सुझाब दिएका छन् ।
मोबाइलका उपकरणहरु लोकप्रिय हुनु अगाडि नै टेलिभिजनबारे अध्ययन गरेका थिए । टेलिभिजनले दर्शकमा पार्ने स्वास्थ्य सम्बन्धी अशर बारे अझै बढी अध्ययन गरिनुपर्ने अनुसन्धानकर्ताले औलाएका छन् ।-स्वास्थ्य खबरपत्रिका
-



तपाईको प्रतिक्रिया :