काठमाडौं,२१ असार । परराष्ट्रसचिव शंकरदास वैरागीले चीनका विदेशमन्त्री वाङ यीसँग बेइजिङमा शिष्टाचार भेट गरेका छन् । विदेश मन्त्रालयमा सोमबार साँझ भएको भेटमा मन्त्री वाङले चीनले सधौ विकसित, स्थिर र समृद्ध नेपाल देख्न चाहेको बताएका थिए । ‘शिष्टाचार भेट भएकाले त्यति धेरै कुरा भएन,’ बेइजिङस्थित नेपाली दूतावासमा काउन्सलर हरीशचन्द्र घिमिरेलेभने । सचिव वैरागीले सोमबारै सहायकमन्त्री खोङ सुुवान्योसँग द्विपक्षीय भेट गरेका थिए । झन्डै तीन घन्टा लामो बैठक दुई देशबीच भएका सहमतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेको काउन्सिलर घिमिरेले बताए ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको भ्रमणका समयमा भएका पारवहन सम्झौता, हुम्लाको हिल्सामा पुल निर्माण गर्ने, पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माणमा सहयोगलगायत विषयमा भएका सम्झौता, सहमतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको घिमिरेले बताएको नयाँ पत्रिकामा समाचार छ । चीनका राष्ट्रपति सी जिन पिङले यसै वर्ष नेपालको भ्रमण गर्न सक्ने संकेत चीनले गरेको छ । भेटमा सहभागी दूतावासका अधिकारीका अनुसार मन्त्री वाङले यो वर्ष चीनबाट नेपालमा विशिष्ट भ्रमण हुने संकेत गरेका हुन् ।

Share To:

तपाईको प्रतिक्रिया :