सरकारले काठमाडौँ उपत्यकामा शुक्रबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

ललितपुरको जावलाखेलमा विशेष समारोहका बीच हुने भोटो देखाउने जात्रामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वको सहभागीता हुने गरेको छ ।


रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा सबैभन्दा लामो समयसम्म चल्ने जात्रा हो । जात्राको अवसरमा प्रत्येक वर्ष सरकारले राजधानीमा सार्वजनिक बिदा दिदै आएको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘शुक्रबारका दिन रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यका भित्र सार्वजनिक बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
Share To:

तपाईको प्रतिक्रिया :