नेपाली काँग्रेसले आफ्ना सबै सांसदलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएको छ । व्यवस्थापिका–संसद्मा वर्तमान प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै काँग्रेसले आफ्ना सांसदलाई यस्तो ह्वीप जारी गरेको हो । काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले हिजो साँझ दोस्रो पटक विज्ञप्ति जारी गरी साउन ६ गतेसम्म उपत्यका बाहिर नजान र बाहिर जिल्ला वा विदेशमा रहेका सांसदलाई साउन २ गतेसम्म संसदीय दलको कार्यालयमा हाजिर हुन अपिल गरेका हुन् । संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै सांसदलाई सजग गराइएको मुख्य सचेतक श्रेष्ठले बताए । रासस -
Share To:

तपाईको प्रतिक्रिया :