एजेन्सी । मनसुनको मौसममा कपालमा धेरै खालका समस्याहरु उत्पन्न हुने गर्छ । जस्तो कि कपाल टुटने र झर्नु यसको साधारण समस्या हो किनकी बर्सातको पानी कपालको लागि त्यति राम्रो मानिदैन । मनसुनमा कपाललाई जोगाउनका लागि यस्ता उपायहरु अपनाउनुपर्ने हुन्छ ।
१.कपाल बर्सातको पानीमा प्राय भिज्ने गर्छ भने शैम्पुले अवश्य धुनुपर्दछ नत्र भने बर्सातको पानीले फंग्सको रुप संत्रमण गराउन पनि सक्छ ।
२.भिजेको कपाललाई पहिले सुख्न दिनुपर्छ अनि मात्र बाँध्नुपर्दछ ।
३.कपाल धोइसकेपछि कन्डीशनर अवश्य लगाउनुपर्दछ ।
४.कपालमा हप्ताको एकपटक तेल अवश्य लगाउनुपर्दछ ।
५.आफनो काइयो अरु कसैसँग साटफेर नगर्ने ।
६.यदि तपाईको कपाल लामो छ भने बर्सातको मौसममा तपाई सानो हेयर राख्न सक्नुहुन्छ । यसले तपाईलाई नयाँ लुक पनि दिनेछ र कपालको हेरचाह पनि राम्ररी हुन जान्छ ।



तपाईको प्रतिक्रिया :