सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संकटमा पर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने तयारी गर्नुभएको छ ।


प्रधानमन्त्री ओलीले राजीनामा नदिई संसदको सामना गर्नुहुने बताइएको छ । यसबारेमा छलफल गर्न नेकपा एमालेले आज आन्तरिक वैठक बोलाएको छ । साँझ ६ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने एमालेको स्थायी समिति वैठकमा पछिल्लो पटक उत्पन्न परिस्थितिबारे छलफल हुनेछ । त्यसभन्दा अघि माओवादीको बहिर्गमनपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री ओलीले अहिले साँझ पाँच बजे सत्ता साझेदार दलहरुसँग पराशर्म गर्दैहुनुहुन्छ । सत्ता गठबन्धनका दलहरुको वैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा हुँदैछ ।
Share To:

तपाईको प्रतिक्रिया :