इराक सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। शनिबार भएका छुट्टा छुट्टै आत्मघाती बम विस्पोटमा परी १२५ जनाको मृत्यु हुनका साथै १५० भन्दा बढी मानिस घाइते भए पछि इराक सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको हो।
मुस्लिमहरुको महान चाड रामजानको अवसरमा शिया बाहुल्य रहेको क्षेत्रका रेस्टुरेन्ट र सपिङ सेन्टरमा लक्षीत गरी दुई छुट्टा छुट्टै आत्मघाती विस्फोट गराइएको थियो। उक्त समयमा मानिसहरु किनमेलमा व्यस्त थिए। विस्फोटमा मृत्यु हुनेमा अधिकाशं बालबालिका रहेका छन् र मारिने अधिकांश एकै परिवारका सदस्य छन्।
विस्फोटमा पछि प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री हैदर अल आवदीको आक्रोशित भिडले उनको चर्को आलोचना गरेको थियो।
आत्मघाती विस्फोटको इस्लामीक स्टेट आइएसआइले जिम्मा लिएको छ।



तपाईको प्रतिक्रिया :