नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित सामग्री मात्र प्रशारण गर्न पाउने भएका छन्। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सञ्चार नीति लागु गर्ने निर्णय गरेसँगै क्लिन फिड नीति लागु हुने भएका हो।
स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न तथा विदेशी विज्ञापनको प्रभाव रोक्न यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए।
नीतिले विदेशिएको विदेशी मुद्रा कम गर्न, नेपालमा राजस्व र रोजगारी बढाउन तथा नेपाली भाषा र संस्कृतिमा परेको नकारात्मक प्रभाव कम गर्न सघाउने उनले बताए। यो नीति नेपालभित्र प्रसारित हुने टेलिभिजनका विज्ञापनमा लागू हुनेछ।

तपाईको प्रतिक्रिया :