काठमाडौं, साउन १३ – सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ । बुधबार तोलाको ५८ हजार ४ सय रुपैयाँ रहेको भाउ बिहीबार ५८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महसंघले जनाएको छ ।
चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर ९१० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासंघले जनाएको छ ।



तपाईको प्रतिक्रिया :