ब्यवस्थापिका संसदमा खेल्ने भूमिकाका विषयमा रणनीति तय गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्ने संसदको बैठकअघि थप रणनीति बनाउन संसदीय दलको बैठक बोलाएको हो । संसदमा प्रधानमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको सामना र सभामुखले तय गरेको कार्यसूचीका विषयमा छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ ।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बैठकमा कांग्रेस माओवादी विरुद्ध पार्टीले संसदमा गर्ने सामनाका विषयमा छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार अविश्वासको प्रस्तावअघि आर्थिक आश्रीत विधेयक पारित गर्न नदिए संसद बैठक चल्न दिने वा नदिने भन्नेमा समेत छलफल हुनेछ । बजेट पारित गर्न रोकेर संसदमा धुव्रीकरण बढेको भन्दै एमालेले आपत्ति जनाएको छ ।
Share To:

तपाईको प्रतिक्रिया :