सुनसरी, साउन ११ – पूर्वमा बर्षाका कारण आएको बाढीले बगाएर तीन जनाको ज्यान गएको छ । १० जना बेपत्ता भएका छन् । एक जना घाइते भएका छन् । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार बेपत्ता हुनेहरुमा आठ पुरुष र दुई महिला रहेका छन् ।
लगातारको बर्षाका कारण सुनसरी खोलामा आएको बाढी गाँउ पस्ता सुनसरीको भोक्राहा, नरसिंह, बसन्तपुर, घुस्की, जल्पापुर, रामनगर, भुटाहालगायतका गाविसहरु जलमग्न भएका छन् । सुनसरीमा पाँच सय भन्दा बढी घरमा पानी पसेको छ । सुनसरीमा ३० भन्दा बढी परिवार बाढीका कारण बिस्थापित भएका छन् ।
file photo

बर्षाका कारण मोरङमा झण्डै १२ सय परिवार प्रभावीत भएका छन् । विभिन्न खोलामा आएको बाढीका कारण पाँच सय परिवार विस्थापित भएका छन् । तटबन्ध भत्काएर  बक्राहा खोलाको बाढी गाउँमा पसेपछी गोविन्दपुर र डायनिया गाविस क्षेत्रका साढे तीनसय परिवार विस्थापित छन् । उनीहरुलाइ स्थानीय विद्यालय तथा सडकमा पाल टांँगेर राखिएको मोरंङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले बताउनुभयो । बक्राहामा आएको बाढीका कारण हसन्दह, मधुमल्ला, डायनिया, अमरदह तथा दर्वेशाका बासिन्दाहरु विस्थापित भएका छन्  ।
यस्तै बर्षाका कारण करोडौ रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । ग्रामिण क्षेत्रका सडक, कल्र्भट र पुल बगाँउदा आवात जावतमा समेत समस्या भएको छ । लगातारको वर्षाले वक्राहा खोलामा आएको बाढीले रंगेली–उर्लाबारी सडकखण्डको यातायात अवरुद्ध भएको छ । डाइनिया–७ स्थित भेडुवामा सडक बगाएपछि यातायात अवरुद्ध भएको हो । मुनाबक्राहा खोलाले कालोपत्रे भेडुवा सडक बगाएपछि यातायात अवरुद्ध भएको मोरङगका प्रमुख जिल्ला अधिकारी तोयम रायले जानकारी दिनुभयो ।
त्यस्तै सुनसरीको इनरुवाबाट दक्षिणतर्फ जाने सडक समेत अबरोध  भएको छ । सुनसरी खोलामा आएको बाढीले जल्पापुर भुटाहा सडक अवरुद्ध भएको छ । स्थानीय मरिया खोलाको पुल बगाएपछि यो सडक एक सातादेखि अवरुद्ध छ । यसैगरी सुनसरीको चतरा बराहक्षेत्र सडक पनि अवरुद्ध भएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिनुभयो ।
प्रसिद्ध धार्मीक स्थल बराहक्षेत्र जाने सडकमा सोमबार पहिरो खसेपछि बराह क्षेत्र जाने सवारी साधन चल्न सकेका छैनन् । यसैगरी  रामनगर भुटाहा हुँदै बसन्तपुर जाने सडकमा रहेको पुलमा क्षति पुगेपछि आंशिक मात्रै सवारीका साधन चलेका छन् ।
Share To:

तपाईको प्रतिक्रिया :