वर्षामा जमीनमा च्याउ उम्रेजस्तै यो पनि हाम्रो शरीरमा उम्रिएको च्याउ नै हो । जुन हाम्रो छालामा पसीना आउ“दा, तातो हुँदा, बढ्दै जान्छ र वर्षाको मौसममा झन् बढी हुन्छ । तर, जुत्ता र मोजा पनि यसका कारण हुनसक्छन् । यो समस्या भइसकेपछि ३–४ हप्तासम्म ध्यान दिनुपर्छ ।
डा. अरुणा उप्रेती
यसका लक्षणरू विशेष गरी खुट्टाको औंलाको कापमा र छालाहरूमा चीरा पर्ने, फोका निस्की पानी भरिएर फुट्ने र पोलिरहने हुन्छ । यस्तो बेलामा केहि उपायहरू अपनाएर समस्या कम गर्न सकिन्छ ।

खुट्टाको स्याहार
यस्तो भएको बेलामा खुट्टामा जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । खुट्टा सकेसम्म खुल्ला राख्नुपर्छ । यो बेलामा छालामा परेका ससाना चीराहरू दुख्छन् र तिनमा सङ्क्रमण हुन सक्छ । यस्तो बेलामा मनतातो पानीमा नून हालेर खुट्टा ५–१० मिनेट भिजाउनुपर्छ ।
नून पानीले फङ्गसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसीनालाई पनि केहि कम गर्छ । साथै यसरी भिजाउ“दा छाला केहि नरम हुन्छ र फङ्गस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलै पुग्छ । नून पानीमा भिजाउने क्रम ३–४ हप्तासम्म गरिरहनु पर्छ ।

खाने सोडाको प्रयोग
खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर औंलाका कापमा लगाई केही बेर राखिदिने । एकछिनपछि खुट्टा सफास“ग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउ“दा बेश हुन्छ ।

मरेको छाला हटाउने
डल्लो र फोका उठ्न केही कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनुपर्छ । अन्यथा यसबाट फेरि सङ्क्रमण हुन सक्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोस“ग भिजाएर एउटा ब्रशले वा खस्रो सुतीको कपडाले पुछेर खुट्टा सफास“ग धुनुपर्छ । विशेष गरी खुट्टाको कापमा राम्रोस“ग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नुपर्छ ।

जुत्ता ओभानो/सुख्खा पारेर लाउने
यो समस्या हुने व्यक्तिले कपडाको जुत्ता लगाउनु बेश हुन्छ । विशेष गरी गर्मीको याममा त जुत्ताभन्दा चप्पल÷स्लीपर लगाए नै वेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले पुछेर हावा खेल्ने ठाउ“मा खोलेर राख्नु बेश हुन्छ ।
तुना बाँध्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउ“मा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ ।

सुती मोजाको प्रयोग
मोजा गन्हाउने र हिलो उच्छ्रने जस्ता समस्या हुने व्यक्तिले सुतीका मोजा प्रयोग गर्नुपर्छ । सुतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा साबुनले धोएर घाममा सुकाउनुपर्छ, ताकि त्यसमा फङ्गसका कुनै चिह्न नरहून् । साथै पसीनाको गन्ध पनि जाओस् र खुट्टा नगन्हाओस् ।

खुट्टा सुख्खा राख्ने
हिलो उछ्रिने नदिन र निको पार्न खुट्टा सुख्खा राख्नु अनिवार्य र मुख्य उपाय हो । नुहाइसकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नुपर्छ र १०–१५ मिनेट घाममा राख्नुपर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भए औंलाका काप–कापमा पाउडर दलेर मात्र लगाउनु बेश हुन्छ । यसले पसीना आउन कम गर्नाले फङ्गस पनि केहि कम हुन्छ ।
चप्पलको प्रयोग
स्वीमिङ पुलको वरिपरि, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा बेश हुन्छ, किनभने यस्तो ठाउ“बाट फङ्गस सर्ने बढी सम्भावना हुन्छ ।
(डा. उप्रेतीको पुस्तकबाट)
Share To:

तपाईको प्रतिक्रिया :