मिडिया कम्पनी जी इन्टरटेन्मेन्ट लिमिटेड (जील) आफ्नो स्पोर्टस् च्यानल ‘टेन स्पोर्टस्’ ४१ अर्ब रुपैयाँभन्दा बढीमा बिक्री गरेको छ।

कम्पनीले सोनी पिक्चर्स नेटवर्कलाई ‘टेन स्पोर्टस्’ करिब ४१ अर्ब २७ करोड रुपैयाँमा बेचेको हो।

बोर्ड निर्देशकले यसको बिक्री र स्थानान्तरण सोनीलाई गर्न  पास गरिसकेको जीलले बताएको छ।

‘टेन स्पोर्टस्’ किनेसँगै यसको पोर्टफोलियोको क्षेत्र फराकिलो हुने सोनी पिक्चर्स नेटवक्र्स इन्डियाका सिइओ एनपी सिंहले बताएका छन्।

जीलले ‘टेन स्पोर्टस्’ दुबइस्थित अब्दुल रहमान बुख्तिरको ताज ग्रुपबाट सन् २००६ मा किनेको थियो।

Share To:

तपाईको प्रतिक्रिया :