काठमाडौँ । ठूलो होस वा सानो हरेक मानिसलाई पर्छ पिर र रुन्छ मानिस । चाहे प्रेममा असफल भएर होस वा अन्य कुनै कारणले किन नहोस मानिसले आफ्नो मन भुलाउनका लागी रुने गर्छ र मन हलुको हुन्छ उसको । त्यही रुने मध्येमा एक बन्न पुगेका छन् महानायक राजेश हमाल । नायक हमालले आफ्नो निजी जिवनमा यि कुराहरु गरेका होइनन् । गायक तथा संगीतकार सुवास पराजुलीको भिडियो उजाड मेरो जिवनमा देखिएका दृश्यहरु हुन् ।


भिडियोमा नायक हमालले आफ्नी जिवन संगीनिको रुपमा नायिका करिश्मा मानन्धर देखिएकी छिन् । निजी जिवनमा पिता भइनसकेका हमाल गायक पराजुलीको भिडियोमा उक्त अवसर प्राप्त गरेपनि उनले आफ्नी जिवन संगीनि करिश्मालाई गुमाउन पुग्छन् । पिडा भुल्न नसकेर उनी भक्कानिएर रुन्छन् । र भन्छन् मेरो पनि त माया थियो सँगै जिउने चाह थियो नखाएको होइन कसम नियतिले धोका दियो जिवनसाथी आँफुबाट टाढीएपनि नायक हमालले छोरी मोनालिशाको मुख हेरेर बाँकी जिवन बिताउने निर्णय गर्छन् ।

अर्पना पराजुलीको निर्माण रहेको भिडियोमा गायक पराजुलीको सुमधुर आवाजमा रहेको गीत उजाड मेरो जिवनमाले समाजमा विभिन्न समयमा घट्टे अकल्पनिय घटनाको यर्थाथ चित्रण गरेर जिवन्त बनाएको छ । इन्द्र आरपीका शब्दमा गायक सुवास पराजुली सलल बगेका छन् । बिदुर पाण्डले छायांकन गरेको भिडियोको सम्पादन निशान घिमिरले गरेका हुन् । जसमा गायक पराजुलीकी छोरीले नायक हमालकी छोरीको भूमीका निर्वाह गरेकी छिन् । जुन भिडियोलाई सशान कँडेलले निर्देशन गरेका हुन् ।



Share To:

तपाईको प्रतिक्रिया :