नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ ।
नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि जिल्लाका चारवटा पेट्रोल पम्पमा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा जोगिमारास्थित त्रिशूलधारी आयल स्टोरमा रहेको तीनवटा मेसिनमध्ये दुईवटा सिलबन्दी गरेको छ । त्यस्तै टोलीले धादिङबेँसीमा रहेको भैरवी पेट्रोल पम्प र गङ्गासागर पेट्रोल पम्पको समेत अनुगमन गरेको छ ।

राजमार्गका पम्पमा मिसावट हुने, तेल थोरै मात्रामा दिने गरी उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो आएपछि अनुगमन गरिएको हो । ठगी गरेको प्रमाणित भए त्यस्तो गर्ने पम्पलाई आपूर्तिमा रोक्का गर्ने, कसुर अनुसारको जरिवाना वा दुवै किसिमको कारबाही हुने नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यलयका अधिकृत कमल शर्माले बताए
Share To:

तपाईको प्रतिक्रिया :